लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने

पाेखरा | भदौ ६, २०७९

लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने

 

पोखरा ।  नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने भएको छ। नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महत्वपुर्ण घटक लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको कास्की नौडाडास्थित हिमालयन देउराली रिसोर्टमा सम्पन्न बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।

 

बैठकको उद्घाटन गर्नुहुदै नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवम् नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले राजनीतिक चेतना र नेतृत्व विना तमु लगायत समुदायहरुले अगाडि लम्कन नसक्ने बताउनुभयो। मुलुकलाई जिम्मेवार ढंगले अग्रगति एवम समृद्धिका लागि एमालेलाई सशक्त बनाउन लोकतान्त्रिक तमु संघ सशक्त हुनुपर्ने उहाँको भनाई थियो। नेता गुरुङले संघको स्थापनाको उद्धेश्य प्रष्ट पार्नुहुदै आगामी कार्यदिशाका बारेमा मार्गनिर्देशन गर्नुभएको थियो।

 

बैठकले राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउन प्रदेश, जिल्लागत सांगठनिक एवम प्रतिनिधि चयनका साथै आर्थिक दायित्वका बारेमा जिम्मेवारीहरु तोकेको छ। सम्मेलनमा करिब ७ सय प्रतिनीधिहरु सहभागी हुने निर्णय भएको बताइएको छ।  

 

त्यसरी नै सम्मेलनमा राजनीतिक एवम सांगठनिक प्रतिवेदन तयारीका लागि संयोजक बेदबहादुर गुरुङ र संशोधित बिधान तयारीका लागि महासचिव हुमबहादुर गुरुङलाई जिम्मेवारी तोकिएको छ।

 

बैठक संचालन अघि आयोजक समिति गठन कार्यक्रममा अनुपस्थित रहेका एवम्. छुटेका आयोजक समितिका सदस्यहरुलाई संयोजक बेदबहादुर गुरुङले  पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्